टी-२० सिरिजमा नेपालको ऐतिहासिक जित

०५ कार्त्तिक, २०८१, सोमबार
सारांश
  • नेपालले टी-२० इतिहासमा कुनै पनि टोलीविरुद्ध पहिलो पटक सिरिज ‘क्लिन स्विप’ गरेको हो ।

काठमाडौँ । सोमबार बिहान डालासस्थित ग्रान्ड प्रेरि क्रिकेट मैदानमा भएको अन्तिम तथा तेस्रो टी-२० मा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । उक्त खेलमा नेपाललाई अमेरिकाले १५७ रनको लक्ष्य दिएको थियो । नेपालले टी-२० इतिहासमा कुनै पनि टोलीविरुद्ध पहिलो पटक सिरिज ‘क्लिन स्विप’ गरेको हो ।

 

अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गरेको हो । नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे । अमेरिकाको तर्फबाट जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक/एक विकेट लिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार